नयाँ नक्सा प्रचण्डलाई हस्तान्तरण, तपाइँहरु सबैलाई धन्यवाद : प्रचण्ड

 जेठ १०, २०७७ शनिबार १०:५५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गर्नुभएको छ ।

शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उहाँलाई प्रदान गर्नुभएको हो ।

त्यस वसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्नु हुने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया