प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुँदै

 जेठ १२, २०७७ सोमबार १५:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्री ओलीले साेमबार अपराह्न साढे ५ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने हुनुभएकाे हाे । 

प्रधानमन्त्री ओलीकाे सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तय भएकाे छ । ५ बजे मन्त्रिपरिषद्काे बैठक बस्ने र साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । 

प्रधानमन्त्रीकाे सम्बाेधन देशमा फैलिरहेकाे काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया