सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा पुग्यो

 जेठ १४, २०७७ बुधबार १२:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सगरमाथाको उचाइ नाप्नको लागि चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ । सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

टोलीले यसअघि पनि विभिन्न चरणमा उचाइ मापनको काम गरिरहेको छ । नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । विभिन्न ठाउँमा उचाइ नाप्ने यन्त्र जडान गरेर नापी विभागको टोली सगरमाथाको चुचुरोसम्म पुगेको थियो ।

अहिले मापनको तथ्याङ्क मिलाउने काम भइरहेको नापी विभागले बताएको छ । विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

सगरमाथाको उचाइ ८ हजार ८४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ ।

http://www.xinhuanet.com/english/2020-05/27/c_139091155.htm

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया