आउँदो आर्थिक वर्षमा ८ खर्ब ८९ अर्ब राजस्व उठाइने

 जेठ १५, २०७७ बिहिबार १८:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो आर्थिक वर्षको १४ खर्ब ७४ अर्ब रुपैयाँको स्रोत जुटाउन सरकारले  ८ खर्ब ८९ अर्ब ६२  रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । राजश्वबाट अपुग रकमको लागि वैदेशिक सहायता र ऋण उठाइने आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।

सरकारले ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक अनुदान आउने अनुमान गरेको छ ।  बजेट कार्यान्वयन गर्न अपुग हुने ५ खर्ब २४ रुपैयाँमध्ये वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ ।

 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया