भर्चुअल कक्षा र अनलाइन शिक्षाबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाइने

 जेठ १५, २०७७ बिहिबार १८:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोभिड १९ का कारण पठनपाठनमा उत्पन्न भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन र रेडियोबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाउने भएको छ । 

बजेटमा संक्रमणका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर कम गर्न सकारात्मक सोचसहित सृजनशील विकासका कार्यक्रम संचालन गर्ने उल्लेख छ । 

आउँदो आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन, ३८ आङ्गिक क्याम्पस पुनर्निर्माण हुने पनि सरकारले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया