कोरोनाको क्षति समेट्ने हिसाबले बजेट आयो : पूर्व अर्थसचिव सुवेदी

 जेठ १५, २०७७ बिहिबार २०:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  पूर्व अर्थसचिव शान्तराज सुवेदीले आर्थिक वर्ष २०७७/२०७८ काे बजेट कोरोना भाइरसको क्षतिलाई समेट्ने हिसाबले आएको बताउनुभएको छ ।

उज्यालोसँग कुराकानी गर्दै पूर्वसचिव सुवेदीले कृषि, रोजगारी, स्वास्थ्यलगायतका क्षेत्रलाई महत्तव दिइएकोले कोरोनासँग लड्न सहज हुने बताउनुभयो । यस्तै कोरोनाले प्रभावित भएको क्षेत्रलाई कर छुटदेखि ब्याज छुटसम्म दिने विषय बजेटमा समेटिएकाले धेरै क्षेत्रले राहत महसुस गर्न पाउने उहाँले धारणा राख्नुभयाे । 

‘निजी क्षेत्रको अपेक्षा त जहिले पनि धेरै नै हुन्छ, सरकारले भने आवश्यकता हेरेर मात्रै अपेक्षा पूरा गरिदिने हो । यो पटक सरकारले धेरै हदसम्म उनीहरुको माग पूरा गरिदिएको छ’, सुवेदीले भन्नुभयो ।

उहाँले रोजगारी सिर्जनामा बजेटले धेरै व्यवस्था गरेको, ऋण र ब्याजमा लचक भएको लगायतका व्यवस्थाले उद्यम गर्न सजिलो भएको बताउनुभयो । खर्च कटौतीका हिसाबले पनि बजेटमा सकारात्मक व्यवस्था रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार ९, २०७७

तपाईको प्रतिक्रिया