प्रदेश दुईले विदेशबाट फर्कनेलाई सीप सिकाएर स्वरोजगार बनाउने

 जेठ २०, २०७७ मंगलबार १८:२७:५७ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रदेश दुईले वैदेशिक रोजगारीबाट फर्कने युवालाई सीप सिकाएर आफ्नै गाउँगाउँमा स्वरोजगार बनाउने लक्ष्य लिएको छ । 

मंगलबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्थानीय तहमै सीप प्रदान गरेर स्वरोजगार बनाउने बताउनुभएको हो ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको छ । प्रदेश दुईमा कति युवा रोजगारी गुमाएर फर्कन्छन् भन्ने यकिन थाहा नभए पनि विदेशमा समस्यामा परेर फर्कनलेलार्ई स–सम्मान गाउँमा राखेर रोजगारीमा कसरी जोड्ने भन्ने विषयमा आफूहरु लागिपरेको मुख्य मन्त्री राउतको भनाइ छ ।

प्रदेश दुईले त्यहाँका युवाहरुलाई रोजगारी दिनको लागि यूके एडसँग सम्झौता गरेको पनि उहाँले जानकारी दिनुभयो । त्यसैलै पनि फर्कनले युवाका लागि अब आफ्नै ठाउँमा रोजगारी सृजना हुने भएकाले गाउँठाउँमा गएर के गर्ने भनेर विदेशबाट फर्कनेले चिन्ता गर्न नपर्ने उहाँले बताउनुभयो ।

'यहाँका युवाहरु भारत लगायत खाडीका देश जाँदा यहाँ खेती हुन छाेडेकाे छ, अब विदेशबाट फर्किएका युवाहरु कृषिको काम गर्छन्, उत्पादन बढ्ने अवस्था हुन्छु', मुख्यमन्त्री राउतले भन्नुभयाे, 'तर पनि प्रदेश २ मा मात्रै  झण्डै १० लाख मान्छे फर्किने अवस्था रहेकोले उनीहरुकाे व्यवस्थापन चुनौतीपुर्ण हुने देखिन्छ ।'

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया