जेठ २५ गतेभित्र कर बुझाउने सूचना खारेज गर : चेम्बर अफ् कमर्स

 जेठ २१, २०७७ बुधबार ७:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले जेठ २५ गतेभित्र कर तिर्न म्याद तोकेकोमा नेपाल चेम्बर अफ् कमर्सले आपत्ति जनाएको छ ।

कोरोना भाइरसको प्रकोपकाे कारण ७१ दिनदेखि देश लकडाउनमा रहेकाेले समग्र आर्थिक एवम् व्यावसायिक कारोबार ठप्प रहेकोे अवस्थामा सरकारले जेठ २५ गतेभित्र कर बुझाउन म्याद तोकेकोमा ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ ।

तरलताको अभावले कर्मचारी र मजदुरको पारिश्रमिकलगायत अन्य बैंकको ब्याज, किस्ता तथा अन्य विविध खर्चहरुसमेत धान्न नसकेको पनि चेम्बरले जनाएको छ । चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतिकाे साथ लकडाउनको अवधिमा अविलम्ब आर्थिक क्रियाकलाप चलायमान बनाउन व्यवसायिक वातावरण सिर्जना गर्न पनि अनुरोध गरेको छ ।

विद्यमान सूचना खारेज गरी व्यवसायीको माग अनुसार नयाँ सूचना जारी गर्न चेम्बरको अनुरोध छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया