इटलीमा भन्दा धेरै सङ्क्रमित भारतमा, २४ घन्टामा झण्डै १० हजारमा कोरोना पुष्टि

 जेठ २४, २०७७ शनिबार ११:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै  कोरोना सङ्क्रमित थपिएका छन् ।

२४ घन्टामा ९ हजार ८ सय ८७ जना नयाँ सङ्क्रमित थपिएका र २ सय ९४ जनाको ज्यान गएको छ । भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ३६ हजार पुगेको छ । १ लाख १४ हजार ७३ जना निको भएका छन् । भारतले हालसम्म ४५ लाख जनाको कोरोना परिक्षण गरेको छ ।

लकडाउन खुकुलो बनाउँदा सङ्क्रमितको संख्या थप बढ्ने अनुमान छ । विश्वभर कोरोनाका बिरामीको संख्याका आधारमा भारत छैठौं स्थानमा उक्लिएको छ । भारतमा इटलीमा भन्दा पनि धेरै सङ्क्रमित रहेका छन् । सङ्क्रमितको संख्याका आधारमा केहि दिन पहिले भारतले चीनलाई पनि उछिनेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया