नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ४ हजार नाघ्याे, मङ्गलबार ३२३ जना थपिए

 जेठ २७, २०७७ मंगलबार १६:४३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मङ्गलबार तीन सय २३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको हो ।

आज विभिन्न जिल्लाका गरी दुई सय ९२ जना पुरुष र ३१ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित तीन हजार सात सय ९८ पुरुष र दुई सय ८७ महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । चितवनको भरतपुर अस्पतालमा भरतपुर ११ का पुरुषको ज्यान गएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया