नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

ट्राफिक प्रहरी आफैँ अलमलमा, फेरि भन्यो- मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने

काठमाण्डाै - सोमबार बिहान मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू भएको र दुई जना चढ्न पाउने बताएको ट्राफिक प्रहरीले फेरि मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने बताएको छ ।

सोमबार बिहान यात्रु सहजताका लागि दुई जना यात्रु ओहोरदोहोर गर्न दिने बताएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले फेरि यसमा अलमल भएको भन्दै मोटरसाइकलमा एक जना मात्रै यात्रा गर्न मिल्ने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘अलमल भयो, अहिलेसम्म मोटरसाइकललाई पनि जोर बिजोरमा चलाउने र एक जना मात्रै चढ्ने व्यवस्था नै कार्यान्वयन गरेका छौँ ।’

मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियमको अहिले व्यापक विरोध भइरहेको छ । गएको शुक्रबार चार पाङग्रे निजी गाडीलाई जोर बिजोर प्रणालीमा चलाउने निर्णय भएको थियो भने सोमबारदेखि दुई पाङग्रेमा यो नियम लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् । यस्तै, लकडाउन खुकुलो भएसँगै काठमाण्डौँ उपत्यकाका सडकमा गाडीको चाप बढेको छ ।

प्रकाशित मिति:
थप विशेष