मेरो काम देखेर स्वार्थ लिन खोज्नेहरु डराए : मन्त्री अर्याल

 असार २, २०७७ मंगलबार १८:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा फिर्ता ल्याउने काममा खुट्टा नकमाउन आग्रह गर्नुभएको छ ।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न निर्देशन दिनुभएको हो । केही बढि समय लागे पनि व्यक्तिको नाममा गएका सरकारी जग्गाको पूर्ण विवरण सङ्कलन गर्न उहाँले आग्रह गर्नुभयो ।

आयोगले नै सबै काम, प्रक्रिया पुर्‍याएर मन्त्रालयलाई हस्तान्तरण गरेपछि मन्त्रालय एक्सनमा जाने उहाँले बताउनुभयो । आयोगले गर्ने कामहरु निकै असजिलो भएको भन्दै मन्त्री अर्यालले केही लोभ, लाभलाई टाढै राखेमा काम गर्न सजिलो हुने बताउनुभयो ।

भूमि व्यवस्था मन्त्रालयको नेतृत्व गर्दा सुरुका केही महिना विभिन्न स्वार्थ समूहको घेराबन्दीमा परेको अनुभव सुनाउँदै मन्त्री अर्यालले आफ्नो काम गर्ने शैलीकाे कारण अहिले अनुचित मान्छेहरु प्रवेश नै नगर्ने अवस्था बनाएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया