सिटीईभीटीमा झापाका खगेन्द्र अधिकारी, गुम्बा विकास समितिमा ताप्लेजुङका शेर्पा नियुक्त

 असार ५, २०७७ शुक्रबार १५:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभीटी) काे उपाध्यक्षमा झापाका खगेन्द्र अधिकारीलाई नियुक्त गरेको छ । 

असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिटीईभीटीको उपाध्यक्षमा झापाका अधिकारीलाई नियुक्त गरेको सरकार प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । 

यस्तै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङको फुङलिङका फुपुज छेम्दे शेर्पा नियुक्त हुनुभएको छ ।  समितिको कार्यकारी निर्देशकमा नुवाकोटको दुप्चेश्वरका होमबहादुर दोङ नियुक्त हुनुभएको छ । यस्तै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.राजन खनाल नियुक्त हुनुभएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया