पाँच जना नेताले बोलेपछि नेकपा स्थायी कमिटी बैठक आजकाे लागि स्थगित

 असार १७, २०७७ बुधबार १३:४२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा स्थायी कमिटीको आजको बैठक सकिएको छ । पाँच जना स्थायी कमिटीका सदस्यले आफ्नो धारणा राखेपछि आजको लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसद्ले शोक प्रस्ताव पारित गर्ने भएपछि आजको लागि बैठक सकिएको हो । आज पेशल खतिवडा, नन्द प्रसाईँ, लिलामणि पोख्रेल, योगेश भट्टराई र मातृका यादवले धारणा राख्नुभएको छ ।

अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । हिजोको बैठकमा शीर्ष नेतासहित १८ जना स्थायी कमिटीका सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे पनि ओलीले बुधबार बिहान केही नेताहरुसँग सुझाव लिनुभएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया