नेपालमा अहिलेसम्म दुई हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि

 असार १७, २०७७ बुधबार १७:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा बालबालिकामा कोरोना सर्ने क्रम बढेकोले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ ।

आजसम्म १८ वर्षमुनिका दुई हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा मात्रै  नौ वर्षमुनिका एक सय ७५ जना बालबालिकामा कोरोना पुष्टि  भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म १४ हजार ४६ जनामा काेराेना पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार बुधबार चार सय ८२ जनामा काेराेना पुष्टि भएकाे हाे । अहिलेसम्म सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार सात सय ७४ महिला र १२ हजार दुई सय ७२ जनामा काेराेना पुष्टि भएकाे हाे । 

अहिले देशभरिका क्वरेणंटीनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । यस्तै देशका विभिन्न अस्पतालका आइसोलेशनमा नाै हजार तीन सय ६० जना उपचाररत छन् । बुधबारसम्म चार हजार ६ सय ५६ कोरोना सङ्क्रमित निको भएर घर फर्किएकाे मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिनुभयाे । 

अछामको बयलवाटा अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएका एक पुरुषको आज कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३० पुगेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया