राष्ट्रपतिसँग प्रचण्ड, नेपाल र खनालको भेट

 असार २१, २०७७ आइतबार ११:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिलाई भेट्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तीनैजना नेताहरु सँगै शितल निवास पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्री र राज्यमन्त्रीहरुसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भैरहेको बताउनुभएको थियो ।

आफ्नै पार्टीका नेताहरु आफू र राष्ट्रपतिविरुद्ध लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि यसबारे प्रष्ट पार्न तीनैजना नेताहरु शितल निवास पुगेको बुझिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया