मकवानपुरको मनहरीमा कारको ठक्करबाट एक जनाको ज्यान गयो

 असार २३, २०७७ मंगलबार ७:१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

कारको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा ज्यान गएको हो । ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिएको पनि रानाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया