प्रदेश १, वाग्मती, गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार २३, २०७७ मंगलबार ७:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मध्य तथा सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

ठूलो पानी पर्ने ठाउँमा बाढी र डुबानसँगै पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया