विश्वविद्यालयमा स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुला

 असार २३, २०७७ मंगलबार ८:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वविद्यालयमा स्थगित परीक्षा सञ्चालन गर्न वैकल्पिक बाटो खुलेको छ ।

विश्वविद्यालय अनुदान आयोगले निर्देशिका जारी गरेपछि विश्वविद्यालयललाई परीक्षाको लागि  नीतिगत निर्णय लिन बाटो खुलेको हो । कोरोनाको कारण लामो समयदेखि विश्वविद्यालयको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्याङ्कनका लागि उत्पन्न अवरोध हटाउन यस खालको निर्देशिका जारी गरिएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।

निर्देशिकाअनुसार अब विश्वविद्यालयहरूले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भर्चुअल विधिबाट परीक्षा लिन सक्नेछन् भने कुनै कारणवश परीक्षा लिन नसकिएको अवस्थामा आन्तरिक मूल्याङ्कनका आधारमा माथिल्लो सेमेस्टर कक्षामा पठाउन सकिनेछ ।

कुनै विषयको प्रयोगात्मक परीक्षा लिन नसकिएको अवस्थामा पनि अर्को सेमेस्टरमा लिन सकिनेछ । धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय तथा विषयको हकमा सम्भव भए भौतिक दूरी कायम गरेर परीक्षा लिन पनि सकिनेछ ।

विद्यावारिधि, एमफिल, स्नातकोत्तर तथा स्नातक तहमा परीक्षा प्रणाली फरक हुन सक्ने र विश्वविद्यालयहरूले आफ्नो अनुकूूलतामा निर्णय गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया