काठमाण्डौमा शटर फोडेर सुनचाँदी चोर्ने गिरोह पक्राउ

 असार २३, २०७७ मंगलबार १४:३६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौका विभिन्न सुनचाँदी पसलको शटर फोडेर चोरी गर्ने गिरोह पक्राउ परेको छ ।

मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरी काठमाण्डौ ल्याइएको छ । त्यस्तै विक्रम भन्ने जङ्गबहादुर माझी दरबारमार्गबाट पक्राउ परेका छन् । उनीहरुले कागज/बोतल उठाउने हुलिया बनाएर पसलको निगरानी गर्ने अनि रातको समयमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाण्डौकाे लाजिम्पाटमा दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पसलबाट एक किलो एक सय ५० ग्राम बराबरका सुनका गरगहना, आठ किलो पाँच सय ६० ग्राम बराबरका चाँदीका गरगहना र नगदसमेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अपराध महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया