महिला कुटपिटको भिडिओ अछामको नभइ महाराष्ट्रको : प्रहरी

 असार २३, २०७७ मंगलबार १५:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक सञ्जालमा भाइरल भएको महिला कुटिएको भिडिओ नेपालको नभएको प्रहरीले जनाएको छ । एक महिलालाई पुरुषले कम्मरमा बाँध्ने पेटीले कुटेको र पछाडिबाट अर्का पुरुषले थप कुट्न निर्देशन दिएको भिडिओले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

भिडिओमा नेपाली भाषा प्रयोग भएको छ, कुटाइ खाने महिलाले रुँदै गुहार मागेकी छिन् तर उनलाई कसैले पनि सहयोग गर्दैन । त्याे भिडिओ अछामको भएको भन्दै छानबिन हुनुपर्ने माग उठेपछि प्रहरीले अध्ययन गरिएको जनाएको छ । कुट्ने र कुटाइ खाने व्यक्ति अछामकै भएको र उनीहरु अहिले भारतको महाराष्ट्रमा रहेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले भनेको छ , ‘सामाजिक सञ्जालमा महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडिओ क्लिप प्राप्त हुनासाथ जि.प्र.का. अछाममार्फत छानबिन अगाडि बढाइएकोमा घटनामा संलग्न परिवारका सदस्यहरु अहिले भारतमा बसोबास गरिरहेको र त्याे घट्ना अछाममा नभइ भारतको महाराष्ट्रमा घटेको खुल्न आएको व्यहोरा जानकारी गराउँदछौँ ।’ 

 

अन्तिम अपडेट: असार २६, २०७७

तपाईको प्रतिक्रिया