सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद समेत गुम्ने

 असार २३, २०७७ मंगलबार १७:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय समाजवादी पार्टी नेपालले नेत्री सरिता गिरीलाई पार्टीबाट निष्कासित गरेको छ ।

पार्टीको निर्देशन विपरीत नेत्री गिरीले संविधान संशोधन प्रस्तावमा संशोधन दर्ता गराएको र नेपालको राष्ट्रियताको विपक्षमा अभिव्यक्ति दिएकाले मङ्गलबार बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी हटाइएको समाजवादी पार्टीकी नेत्री रेणुकुमारी यादवले जानकारी दिनुभयो ।

पार्टीबाट निष्कासनमा परेसँगै नेत्री सरिता गिरीको सांसद पदसमेत खोसिएको छ । पार्टीले गिरीलाई साधारण सदस्यबाट समेत हटाएको जानकारी संसद् सचिवालयलाई गराएपछि सचिवालयले उहाँलाई हटाएको सूचना निकाल्ने पनि नेत्री यादवले जानकारी दिनुभयो । 

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्दा गिरीले संसद् बैठकमै विरोध गर्नुभएको थियो भने नयाँ नक्सा जारी गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन दर्ता गराउनुभएको थियो ।

संशोधन फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उहाँले फिर्ता नलिएपछि कारबाहीको लागि समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यावदको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।  

अन्तिम अपडेट: कात्तिक ३०, २०७७

1 Comments

  • Suraj sahayatri

    July 7, 2020, 6:37 p.m.

    समाजबादी पार्टीको यो निर्णय सुनेर खुशी लाग्यो / यो सारा नेपाली नागरिकको चाहना अनुरुप पार्टीले गरेको निर्णय उदाहरणीय छ / त्यसैले अरु पार्टीका कार्यकर्ताले नि सिक्न र सचेत हुन जरुरी छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया