प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

 असार २३, २०७७ मंगलबार १९:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले थापालाई २८ औँ महानिरीक्षकमा नियुक्त गरेको हो । महानिरीक्षकको दौडमा थापासँगै हरिबहादुर पाल पनि हुनुहुन्थ्यो तर कार्यसम्पादन मूल्याङ्कनमा थापा नै अघि हुनुहुन्थ्यो ।

प्रहरी सेवामा २८ वर्ष बिताउनुभएका थापा भक्तपुरका हुनुहुन्छ । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको महानिरीक्षक पद सम्हाल्नुहुनेछ । हालका प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले आजैदेखि अवकास पाउँदै हुनुहुन्छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया