दुई सय ५५ जना सङ्क्रमित थपिए, दुई सय ५३ जना निको

 असार २४, २०७७ बुधबार १६:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ ।

यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेकाे सङ्ख्या सात हजार सात सय ५२ पुगको हो ।

यो सङ्ख्या कुल सङ्क्रमितको ४७ दशमलव २ प्रतिशत हो । आजसम्म क्वरेण्टीनमा २५ हजार ४० जना र आइसाेलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया