जिल्लाभित्र सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, मास्क अनिवार्य

 असार २५, २०७७ बिहिबार १७:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले एक जिल्लाभित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेकाे छ । 

मन्त्रिपरिषद्को बैठकले एक जिल्लाभित्र मात्रै चलाउन पाउने गरी सार्वजनिक गाडी चल्न दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

बाहिरी जिल्लामा एक जिल्लाभित्रै मात्रै गाडी चल्न दिने र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउने पाइनेछ । दुरी कायम गरेर सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले गाडीले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन् । 

सबै यात्रुले मास्क प्रयोग गर्नैपर्ने र ढोकामा स्यानिटाइजर राख्ने र चालक तथा सहचालकले मास्क, भाइजर पञ्जा लगाउनै पर्ने सरकारले निर्णय गरेको हो । यस्तै दुई जना मात्रै बोकेर ट्याक्सी पनि चल्न पाउने भएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • गोपी क्षेत्री, गरगरे,रुपन्देही

    July 9, 2020, 6:22 p.m.

    निर्णय राम्रै लाग्यो । तर चालक, सहचालय तथा यात्रुले नियम पालना गरे नगरेको अनुगमन नियमित गरि नियम विरुद्द कहि कोहि गएको पाइएमा कार्वाही पनि गर्नु पर्ला कि ?? पहिला पहिला जस्तो नियम बनाएर छोडीदिने अनि अवश्था नबुझ्ने चाहिँ नहोस नी !!

  •  0 Reply

तपाईको प्रतिक्रिया