जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक गाडी खुला, मास्क अनिवार्य

 असार २६, २०७७ शुक्रबार ६:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लकडाउनको झण्डै साढे तीन महिनापछि सार्वजनिक यातायात खुला भएको छ ।

सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो । लामो दूरीको गाडी भने चल्न पाउने छैनन् । 

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ । 

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । 

सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • मुक्ति नेपाली

    July 10, 2020, 7:13 a.m.

    जनजिविकाको सवालमा सार्वजनिक यातायात सबैभन्दा महत्त्वपूर्ण रहेको छ ।तर यातायात व्यवसायी र मजदुर देशको नियमकानुनको उपहास गर्नेमा अग्रपंक्तिमा रहेको विगत देखिकै नजिर छ । यिनको लोलुपता र जनताको बुज्रुकीपनको कारण कोरोना समुदायस्तरमा फैलने निश्चित जस्तै छ । अझ ५० % भाडा बढाएर राज्यले नै बाँदरलाई लिस्नो हालिदिएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया