कतारबाट फर्किएकालाई कोरोनाको आशङ्का, खरिपाटी क्वरेण्टीनमा राखियो

 असार २७, २०७७ शनिबार १०:५६:४० | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वरेण्टीनमा लगिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वरेण्टीनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वरेण्टीन लगिएको हो । क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया