४ किलाे अफिमसहित बाँकेमा एक जना पक्राउ

 साउन २, २०७७ शुक्रबार २०:४४:४७ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – बाँकेको कोहलपुरबाट प्रहरीले अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कोहलपुर नगरपालिका-११ गोलपार्कमा रहेको एलबी गेस्ट हाउसबाट जाजरकोट घर भइ कोहलपुर २ आनन्दनगरमा बस्दै आएका भबिलाल पुनमगरलाई अफिमसहित शुक्रबार दिउँसो पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले एलबी गेस्ट हाउसमा छापा मार्दा मगरलाई चार किलो १७४ ग्राम अफिमसहित पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले जानकारी दिनुभयो । 

गेस्ट हाउसमा अफिमको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया