नेपालमा काेराेना सङ्क्रमबाट चिनियाँ नागरिककाे मृत्यु

 साउन ७, २०७७ बुधबार १६:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकाका पुरुषको साउन ६ गते निधन भएको हाे । खोकी, उच्च ज्वराे र श्वासप्रश्वासमा समस्या आएपछि उहाँ साउन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना हुनुभएकाे थियाे । 

सघन उपचार कक्षमा उपचारकाे क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

यस्तै पोखरामा काम गर्दै आएकी चिनियाँ महिलाको कोरोनाकाे कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो । थप उपचारकाे लागि हेलिकप्टरबाट काठमाडौको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा रिपाेर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि थप उपचारकाे लागि टिचिङ अस्पताल लगिएकोमा बुधबार निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया