कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

 साउन ७, २०७७ बुधबार १९:३८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा असोज महिनामा गर्ने तयारी गरेको छ । कोराेना भाइरसको जोखिमका कारण परीक्षा हुने/नहुने अन्याेल थियो ।

तर सरकारले मङ्गलबार रातिदेखि लकडाउन हटाउँदै भदौ १ गतेदेखि परीक्षा गर्न पाउने बाटो खुलाएपछि १२ कक्षाको तयारी भएको हो । तर असोज महिनामा गरिने भनिए पनि दिन भने तोकिएको छैन ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा कसरी गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको र शिक्षा मन्त्रालयको स्वीकृति पाउनासाथ दिन तोकिने जानकारी दिनुभयो ।  

१२ कक्षाको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् । यस्तै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा हुने निश्चित भएकाले तयारी थाल्न विद्यार्थीलाई आग्रह गर्नु भएको छ । उहाँले सुरक्षा सावधानी अपनाइने हुँदा ढुक्क हुन पनि विद्यार्थीलाई आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया