भारतमा एकैदिन ५० हजारमा काेराेना सङ्क्रमण, ७ सय ८ जनाको ज्यान गयाे

 साउन १२, २०७७ सोमबार १२:९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा एकैदिन झण्डै ५०  हजार जनामा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४९  हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेकाे छ ।

यस्तै भारतमा काेराेनाका कारण एकैदिन  ७ सय ८ जनाको ज्यान गएकाे छ । याेसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या  ३२ हजार  ७ सय ७१ पुगेको छ ।

समाचार एजेन्सीकाअनुसार विश्वभर पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी रहेकाे छ । यसैबीच स्पेनले कोरोना भाइरसका सङ्क्रमितहरु फाट्टफुट्ट देखिए पनि अवस्था सामान्य बनिसकेको जनाएको छ । 

स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको आशङ्का गरिएका बेला स्पेनले अवस्था सामान्य बनिसकेको र पर्यटकका लागि सुरक्षित भइसकेको दाबी गरेको हो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया