पाल्पामा बाढीले बगाउँदा एक जनाको ज्यान गयो

 साउन १३, २०७७ मंगलबार १०:९:७ | उज्यालो सहकर्मी

पाल्पा - पाल्पामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । 

सडकबाट आएको भल खेतमा पसेपछि राति नै भल कटाउन गएका रम्भा गाउँपालिका-१ अर्सेदीका २९ वर्षीय दिनेश अर्याललाई भेलले बगाएको प्रहरीले जनाएको छ । 

उहाँको शव पुरिएको अवस्थामा भेटिएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया