थप एक सय ५१ जना काेराेनामुक्त भएर घर फर्किए

 साउन १६, २०७७ शुक्रबार १६:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ५१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

शुक्रबार थपिएकासँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा आठ सय ३१, प्रदेश नम्बर २ मा तीन हजार एक सय एक, वाग्मती प्रदेशमा पाँच सय २६ र गण्डकी प्रदेशमा एक हजार दुई सय ४४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन हजार नाै सय ७१, कर्णाली प्रदेशमा एक हजार सात सय १८ र सुदूरपश्चिम प्रदेशमा तीन हजार आठ जना डिस्चार्ज भएका छन् ।

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयाे । 

यस्तै पछिल्लो समय ६ जिल्लामा कोरोना देखिएको छैन । भोजपुर, सङ्खुवासभा, काभ्रे, रसुवा, मनाङ र मुस्ताङमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया