काठमाण्डाै उपत्यकामा थप ३८ जनामा काेराेना पुष्टि

 साउन १६, २०७७ शुक्रबार १८:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार पनि काठमाण्डाैमा ४८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे थियाे । पछिल्लाे समय काठमाण्डाै उपत्यकामा काेराेना सङ्क्रमणकाे दर लगातार बढिरहेकाे छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप कडाइ गरेकाे छ । 

केही दिनयता उपत्यका भित्रिने यात्रुको नाका मै कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरेको सरकारले नाकामा आइपुगेका केहीमा कोरोना सङ्क्रमण भएको पाएपछि बिहीबार रातिदेखि नै रातको समयमा उपत्यका प्रवेशमा रोक लगाएको छ । 

यस्तै शुक्रबारदेखि दिउँसो उपत्यका प्रवेश गर्नेको पनि व्यक्तिगत विवरण सङ्कलन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार सात सय ७१ पुगेको छ भने अहिलेसम्म १४ हजार तीन सय ९९ जनाले कोरोनालाई जितिसकेका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया