रसुवामा पहिरोले तीन घरमा क्षति पुर्‍यायाे , २५ परिवार विस्थापित

 साउन २०, २०७७ मंगलबार १२:२३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net


रसुवा - रसुवामा पहिरोले तीन घरमा क्षति पुर्‍याएकाे छ । पहिराेकाे कारण २५ परिवार विस्थापित भएका छन् । 

सोमबार गएको पहिरोले रसुवाको आमाछोदिङ्मो गाउँपालिका-१, फूलबारीका सुकबहादुर तामाङ, तारा लामा र लोप्साङ लामाको घर भत्काएको हो । 

पहिरोले तीनवटा घरमा पूर्ण क्षति पुर्‍याएको पीडित सुकबहादुर तामाङले बताउनुभयो । उहाँकाअनुसार तीनै परिवार सदरमुकाममा आएर बसेका कारण मानवीय क्षति भएको छैन ।

पहिरोको जोखिम बढ्दै गएपछि त्यहाँका तीन परिवार धुन्चेमा आएर कोठा भाडामा लिएर बसिरहेका थिए । पहिरोले घर पूर्ण क्षति गरेपछि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा पनि क्षति गरेको उहाँको भनाइ छ । 

पहिरोका कारण फूलबारीका २५ परिवार विस्थापित भएको उहाँको भनाइ छ । पहिरोका कारण विस्थापित भएका २५ परिवारलाई हाकुबेसीमा सारिएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया