पाेखरीमा डुबेर सप्तरीमा सात वर्षीय बालककाे ज्यान गयाे
बैशाख १०, २०८१ सोमबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ३३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको कुल सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।
नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा नाै सय ३७, प्रदेश नम्बर २ मा तीन हजार दुई सय ३४ र वाग्मती प्रदेशमा पाँच सय ९१ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा एक हजार तीन सय ६२, प्रदेश नम्बर ५ मा चार हजार ९७, कर्णाली प्रदेशमा एक हजार सात सय ७७ र सुदूरपश्चिम प्रदेशमा तीन हजार तीन सय ९१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।