रुपन्देहीमा कार दुर्घटना, तीन जनाको ज्यान गयो

 साउन २४, २०७७ शनिबार १०:१३:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । 

दुर्घटनामा परेर सिद्धार्थ नगरपालिका-४ का २७ वर्षीय देवेन्द्र चौधरी र कोटहिमाई गाउँपालिका-३ मर्यादपुरका २७ वर्षीय नौसाप दर्जी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुरको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

तीनै जनाको भैरहवामा रहेको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादवको भैरहवामा उपचार भइरहेको छ ।

नवलपरासीको परासीबाट भैरहवाका लागि छुटेको लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढको हुलाकी सडकखण्डमा अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया