अमेरिकामा कोरोना : मृत्यु हुनेको सङ्ख्या एक लाख ६० हजार नाघ्यो,  ४९ लाखभन्दा धेरै सङ्क्रमित

 साउन २४, २०७७ शनिबार ११:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकामा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या एक लाख ६० हजार नाघेको छ ।  सङ्क्रमितको संख्या ४९ लाखभन्दा धेरै छ ।

नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ  भने  मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ रहेको बीबीसीको खबरमा उल्लेख छ । 

यसैबीच कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ ।  अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ । 

जुलाई महिनामा १८ लाख मात्रै नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया