भारतमा कोरोनाका कारण एक सय ९६ जना डाक्टरको ज्यान गयो

 साउन २४, २०७७ शनिबार १८:६:५४ | एजेन्सी
unn.prixa.net

भारतमा कोरोना भाइरसका कारण एक सय ९६ जना डाक्टरको ज्यान गएको छ ।

इण्डियन मेडिकल एसोसिएसनले एक सय ९६ जना डाक्टरको ज्यान गएका भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीकोे सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ ।

एसोसियसनले भारतमा डाक्टर र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम उच्च भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । भारतमा अहिलेसम्म झण्डै २१ लाख नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ भने ४२ हजार ६ सय २६ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया