आइतबार काठमाण्डौमा मात्रै ९० जनामा काेराेना पुष्टि

 साउन २५, २०७७ आइतबार १६:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप ९२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

काठमाण्डौ उपत्यकामा पछिल्लाे केही हप्तायता कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमणको जोखिम बढेको छ । उपत्यकाबाहिरबाट आएका केही व्यक्तिहरु कोरोना परीक्षणका लागि स्वाब दिएर सम्पर्कविहीन भएको र उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएकोले थप जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि सरकारले जोर–बिजोर प्रणाली लागू गर्नुका साथै विभिन्न सेवा पनि कटौती गरेको छ ।

बाक्लो र अव्यवस्थित बसोवास, वृद्धवृद्धा तथा जोखिमयुक्त वर्गहरु धेरै भएको, आर्थिक क्रियाकलाप धेरै हुने गरेकोले काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण फैलिएमा नियन्त्रणमा लिन कठिन हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया