वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायतका लागि पालिकाबाटै निवेदन दिन अनुरोध

 साउन २७, २०७७ मंगलबार १५:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायताका लागि आफ्नो पालिकामा गएर निवेदन दिन अनुरोध गरिएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढेकाले बोर्डबाट लिनुपर्ने आर्थिक सहायतका लागि सम्बन्धित पालिकामार्फत निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको हो । मृतकका हकवालाले बोर्डबाट पाउने आर्थिक सहायतादेखि अंगभंग भएका, गम्भीर बिरामी भएर परदेशबाट फर्किएका लगायतका श्रमिकलेसमेत आवश्यक कागजातसहित पालिकाबाटै आर्थिक सहायताका लागि निवेदन दिन सक्नेछन् ।

यसबारे थप बुझ्न परेमा श्रम कल सेन्टरमा ११४१ नम्बरमा वा बोर्ड सचिवालयमा ४२२०३११ मा फोन गर्न सकिन्छ ।

वैदेशिक रोजगार नियमावली २०६४ को नियम २८ को उपनियम ७ बमोजिम पालिकामार्फत नै अहिले आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ । तर पालिकाबाट भन्दा पनि आर्थिक सहायताका लागि बोर्डमा नै धेरै जना आउने गरेको बोर्डले जनाएको छ ।

आर्थिक सहायताका लागि निवेदन दिन काठमाण्डौ नै आउने झन्झन्ट गर्नुभन्दा पनि आफ्नै पालिकाबाट निवेदन दिँदा सजिलो हुने र जोखिम पनि कम हुने बोर्डको भनाइ छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया