देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने मौसमविद्को अनुमान

 साउन ३०, २०७७ शुक्रबार १८:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । वाग्मती प्रदेशसहित कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा ठूलो पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै शुक्रबार राति पनि धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश नम्बर एक, वाग्मती प्रदेश ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

शनिबार (भाेलि) पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । 

नियमित वर्षासँगै प्राकृतिक विपत्तिका घटना पनि भइरहेकाे हुँदा सतर्क रहन पनि माैसमविद्ले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया