नेभिगेशन
बिहीबार, असोज १, २०८३

नेपाल प्रहरीका दुई डीआईजीलाई काेराेना सङ्क्रमण

काठमाण्डाै – नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति:
थप समाज