नेभिगेशन

नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)

काठमाण्डौ – भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार नियमित र विभिन्न देशबाट हुने चार्टर्ड उडानको तालिका बनाएर यसअनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो । भदौ १७ अर्थात सेम्टेम्बर २ देखि ३० सम्मको नियमित उडान तालिका सार्वजनिक भएको छ ।

नियमिततर्फ विभिन्न देशबाट सेम्टेम्बर २ देखि ३० सम्म ६० वटा उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् । 

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाे छ ।

पीसीआर परीक्षण सहज नभएका देशबाट नियमित उडान नभई चार्टर्ड उडान नै हुनेछ । साउदी, कुवेत, बहराइन, कतार लगायतका देशमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । यी देशबाट नेपाल एअरलाइन्स, हिमालय एअरलायन्स, कतार एयरवेज, जजिरा एअर, र सलाम एअरले चार्टर्ड उडान गर्ने छन् ।

हेर्नुहोस् कहाँबाट कहिले हुन्छ उडान

नियमित उडान तालिका

चार्टर्ड उडान तालिका

प्रकाशित मिति:
थप देश परदेश समाचार