पर्सामा ६१ जना काेराेना जितेर घर फर्किए

 भदौ १३, २०७७ शनिबार १९:४१:२६ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्सामा आज  ६१ जना काेराेना सङ्क्रमित निकाे भएर घर फर्किएका छन् । विभिन्न समयमा भएका परीक्षणमा कोरोना भाइरसको  सङ्क्रमण पुष्टि भएकाहरु लगातार दुई पटकको परीक्षणमा नेगेटिभ आएपछि घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । पोखरिया नगरपालिका अन्तर्गत होम आइसोलेशनमा रहेका ४ जना र नारायणी वयोधा अस्पतालले व्यवस्थापन गरेको होम आइसोलेशनबाट १ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका हुन् ।

त्यसैगरी गण्डक अस्पतालमा उपचारका लागि भर्ना भएका ५ महिला सहित १६ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन् । त्यसै गरी स्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गराइरहेका ४ महिला सहित १७ जना र वीरगञ्जकाे होटेल रानी पोखरीमा व्यवस्थापन गरिएको सामुदायिक आइसोलेशन केन्द्रबाट  ४ जना, रानीसति धर्मशालामा रहेको सेमी आइसोलेशनबाट ९ जना र पोखरियामा रहेको जिल्ला अस्पतालबाट १० जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन् ।

यो सँगै पर्सामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ सय ४७ पुगेको छ । कोरोना भाइरसबाट पर्सा जिल्लामा सङ्क्रमित हुनेको संख्या भने  २१ सय १३ रहेको छ । आइसोलेशन वार्डमा १ सय ४ जना रहेका छन् भने होम आइसोलेनशमा ९ सय ३१ जना रहेका छन ।

त्यसैगरी ३ सय २२ जना सामुदायिक आइसोलेशन केन्द्रमा रहेका छन् ।  वीरगञ्जमा रहेको गण्डक तथा वीरग्ञज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररतमध्ये २८ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया