जग्गाको कित्ताकाट खुल्यो, खेतीयोग्य जमिन नष्ट हुने चिन्ता

 भदौ २२, २०७७ सोमबार १४:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गएको बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ । 

यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । 

भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सार डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ । 

यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dumee Rai

    Sept. 7, 2020, 3:42 p.m.

    कित्ताकाट रोकेर लुट्न लुटे मालपोतका कर्मचारिले ४ आना काटेको ३५० लाख देखि ५ लाख सम्म लिए/ यो पैसाले सबै मन्त्रीका सचिबहरु र मालपोत कर्मचारी बैंंकमा राख्न नसक्ने पैसा कुम्ल्याए । अहिले पनि त्यतिकै सजिलो त खोलेनन, पक्कै अब अर्को कुन बाटो अपनाइयो र खोलियो कित्ताकाट ? हालसाविक अनिबार्य गर्नु पर्ने बाध्यकारी ब्यवस्था गरेर खोल्यो भनेको सुनेको छु । अब त्यसैबाट लुट्ने ब्यवस्था मिलाएको हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया