बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने

 भदौ २४, २०७७ बुधबार ११:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका सार्वजनिक गर्दै घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो। मंगलबार सार्वजनिक भएको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन्।

अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै ब्याजदर लागू हुने भएको छ । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए ।

यस्तो छ राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशन :

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया