२५ गतेभित्र कर तिर्नैपर्ने सरकारी आदेश, भाका सार्न उद्योगी व्यवसायीको माग

 भदौ २४, २०७७ बुधबार १२:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उद्योगी व्यवसायीले कर तिर्ने समय सार्न माग गरे पनि सरकारले भने २५ गतेभित्रै कर तिरिसक्नुपर्ने जनाएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट भएको र कर तिर्न जान पनि समस्या भएकाले उद्योगी व्यवसायीले भाका सार्न माग गरिरहेका छन् । तर आन्तरिक राजश्व विभागले भने साउन महिनाको भ्याट र अन्त:शुल्क भदौ २५ गते बिहिबारसम्म बुझाउनै पर्ने अडान लिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स लगायतका संस्थाका पदाधिकारीले कर तिर्ने म्याद सार्न गरेको अनुरोधलाई सरकारले अटेरी गरेर निरंकुश बन्न खोजेको आरोप लगाएका छन् ।

चेम्बरका उपाध्यक्ष कमलेश अग्रवालले यस्तो महामारीमा पनि सरकारले सामान्य अवस्थामा जस्तै कर तिर्न ताकेता गरेर दु:ख दिएको बताउनुभयो । सरकारले लकडाउन लगाएर व्यापार व्यवसाय बन्द गरिदिएको तर कर तिर्नैपर्छ भन्नु अत्यन्तै अव्यवहारिक निर्णय भएको अग्रवालको भनाइ छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया