६४९ पालिकामा अस्पताल बनाउन १० लाखका दरले रकम पठाइयो, डाक्टर र नर्स अनिवार्य

 भदौ २४, २०७७ बुधबार १२:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्रत्येक पालिकामा कम्तीमा पाँच शैयाको अस्थायी कोरोना विशेष अस्पताल बनाउन १० लाख रुपैयाँका दरले रकम पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले ६ सय ४९ वटा पालिकामा १० लाख रुपैयाँका दरले रकम पठाइसकेकाले छिटो भन्दा छिटो अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सबै पालिकालाई पत्राचार गरेको छ ।

अस्पतालका लागि पालिकामा रहेको आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहराको प्रयोग गर्न सकिने छ । 

सरकारले प्रतिबेड दुई लाख रुपैयाँका दरले प्रत्येक पालिकालाई तीन महिनाको लागि १० लाख रुपैयाँ पठाएको छ । यो रकममध्ये बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एक जना डाक्टर, दुई जना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।

कार्यप्रगतिका आधारमा तीन महिनापछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया