साउदीमा कार्यरत ५२ नेपालीको कोरोनाबाट ज्यान गयो

 भदौ २४, २०७७ बुधबार १५:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गएको छ ।

कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको ज्यान गएको साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिनुभयो ।

साउदीमा अहिलेसम्म ४ हजार १३७ जनाको ज्यान गएकोमा जसमध्ये ५२ जनाको नेपालीको ज्यान गएको हो । साउदीमा अहिलेसम्म ३ लाख २२ हजार २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये २ लाख ९८ हजार २४६ जना निको भएका छन् । साउदीमा झण्डै तीन लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।

जसमध्ये झण्डै २४ सय नेपालीमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया